नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

Ner

मोरङ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ मा करिब साढे ९ करोड मुनाफा आर्जन गरेको छ ।

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख ९ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई ३ अर्ब नौ करोड ऋण लगानी गरेको बताए ।

उनले १ अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...