दियो युवा विकास सहकारी शेयर सदस्यलाई १५ प्रतिशत बोनस

Yuba sahakari

काठमाडौं । युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिएको छ ।

शनिबार सो सहकारीले आफ्नो सहकारीको दोस्रो वार्षिक साधारणसभामा सो जानकारी दिएको हो । सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर) लेसो जानकारी दिएका हुन् ।

अध्यक्ष ग्लाईडरले आगामी वर्ष शेयर सदस्य वृद्धि गर्न विशेष कार्यक्रम ल्याउने तयारी रहेको बताए । उनले सहकारीले दुई वर्षको अवधीमा ३५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको बताए ।

उनले स्थापना कालदेखि नै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम सञ्चालन गर्दै आएको र शनिवारदेखि इन्टरनेट बैकिङ सेवा शुरु गरेको जानकारी दिए । सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मन्त्रलाई आत्मसात गर्दै आएको सो सहकारीमा १ हजार ५ सयभन्दा बढी सदस्य छन् ।

काठमाडौंको न्युरोडमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने आस्मा विष्टसहित ६ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...