हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो :उपराष्ट्रपति पुन

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा बिहिबारदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताए ।
“देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भने ।
उनले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताए । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उनको छ ।
नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले लगानीका लागि भर्जिनल्याण्ड भएको दाबी गरे । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औँल्याए । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गरे । उनले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गरे ।
नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गरे ।
चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगरले विशिष्ट योगदान पु¥याइरहेको भन्दै उनले प्रशंसा गरे ।
कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताए ।
उनले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गर्नुभयो । जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उनको जिकिर थियो ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थ...
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी । दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग...
सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द
काठमाडौं । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज साताको अन्तिम दिन सेयर बजार नेप्से प...
तोलामा ३ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय र...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस