अदुवा प्रशोधनबाट राम्रो आम्दानी

Aduwa kheti

भोजपुर । लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् ।

भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका हुन् ।

उनले अदुवा प्रशोधनबाट आफ्नो परिवार मात्रै पालेका छैन, गाउँका थुप्रैलाई रोजगार समेत दिएका छन् । सामान्य तालीम लिएर विगत १२ वर्ष अघिबाट यो पेशा अपनाभएका राईले २०६६ मा आफ्नी श्रीमतीको नाममा मीना वइथ ज्योति उद्योग दर्ता गरी अदुवा प्रशोधन थालेका थिए । उनले अदुवाबाट अदुवा जिन्जर, क्यान्डी, डस्ट, पाउडर, सुठो र अचार बनाउने गर्छन्  ।

अदुवाबाट विभिन्न परिकार बनाएर बेच्दै आभएका राईको प्रशोधन केन्द्रमा मात्रै मासिक दुई क्विन्टल जति अदुवा खपत हुने गरेको छ । ‘अहिले प्रशोधन केन्द्रमा दुई क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा गाउँघरबाट नै बटुलेको हुँ’ राईले भने । उनले वार्षिक रु पाँच लाख मूल्य बराबरको अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब दुई लाख नाफा कमाउँछन् ।

‘व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्’ उनी भन्छन् ‘त्यही भएर गाउँघरमा उत्पादन भएको अदुवा किन्छु ।’ विभिन्न समस्याले गर्दा सुरुवाती समयमा अनावश्यक झण्झट खेपेका राईले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउँछन् ।

‘जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइँन्, राम्रो बजारीकरण पनि थिएन, अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो’ राई भन्छन् ‘अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन ।’ यहाँ उत्पादित अचार धरानको बराह डिपार्टमेन्ट, इटहरीको गोर्खा डिपाटमेन्टल स्टोर्स, भोजपुर सदरमुकामको उद्योग वाणिज्य संघ र विभिन्न ठाउँको मेलामा निर्यात हुने गरेको छ ।

यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभव उनको छ । ‘यहाँ त अहिले पनि अदुवाको अचारभन्दा सर्वसाधारणले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही अचार राम्रो छ’ कर्मचारी व्यवस्थापक तीर्थकुमारी थापाले बताइन् ।

यो व्यवसायमा उनले एक जना महिला व्यवस्थापकसहित कामको प्रकृति हेरेर २०÷२५ जनालाई समेत रोजगारी दिएकी छन्  । ‘आफू हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेको छु’ उनी भन्छिन् ‘उनीहरूलाई नियमित रुपमा कम्पनीकै मूल्यअनुसारको तलब छ ।’ नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उनको भनाई छ । ‘यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएको परिकार भने खाँदैनन्’ उनले भनिन् ।

यस उद्योगलाई उन्नति परियोजनाले पनि आर्थिक सहयोग प्रदान गरेको छ । समावेशी वृद्धि कार्यक्रमअन्तर्गत उन्नतिले अदुवा प्रशोधन गरी २५ हजार अचार उत्पादन तथा बजारीकरण गर्ने गरी १३ लाख १२ हजार २२८ सहयोग गरेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...