साताको अन्तिम दिन सुनको मूल्य बढ्यो

Img 1510

काठमाडौँ । नेपाली बजारमा सुन कारोबार हुने साताकै अन्तिम दिन सुनको मूल्य सबैभन्दा बढी रहेको छ । हिजोको तुलनामा आज सुनमा ४ सयले बृद्धि भएको हो । 

आज शुक्रबार छापावाला सुनको मूल्य ५६ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य पनि ५५ हजार ९ सय रहेको छ ।

साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य ५५ हजार ९ सय र तेजावी सुनको मूल्य ५५ हजार ८ सय रहेको थियो । यो मूल्य साताको तेश्रो दिन अर्थात् मंगलबारसम्मनै कायम रह्र्या । तीन दिनसम्म सुनको मूल्यमा परिवर्तन नभएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

साताको चौथो दिन बुधबार छापावाला सुनमा १ सय बढेर ५६ हजार भयो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको थियो । बिहिबार सुनको मूल्यमा २ सय बढेर ५५ हजार ८ सयमा कारोबार भयो । भने तेजावी सुन ५५ हजार ५ सय रहेको थियो ।

बुधबार र बिहीबार मूल्य १ देखि दुई सय सम्म तलमाथि भएको सुनको मूल्य आज सातको अन्तिम दिन ४ सय बढेको हो ।

यो साता चादीको मूल्यमा भने खासै परिवर्तन भएन अघिल्लो साता ७ सय २० रुपैयाँ देखि ७५० रुपैयाँ सम्म करोबार भएको चादीको मूल्य यो साता भने ७५० नै कायम रह्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...