शीतलहरको कारण तराईबासीको जनजीवन कष्टकर

Sitlahar

विराटनगर । दुई साता देखि लगातार परेको शीतलहरको कारण तराईबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

दुई /तीनदेखि चिसो हावा चल्नाले अतिआवश्यक कामबाहेक मानिस घरबाट बाहिर निस्कन नसकेकाले विराटनगरलगायत पश्चिम जिल्लाका विभिन्न बजारमा चहलपहल निकै घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटदै आएकोे छ ।

औपचारिक रूपले विद्यालय बन्द नगरिए पनि जाडोका कारण विद्यार्थी अन्य दिनको तुलनामा घटेको छ । शीतलहरको प्रभाव सार्वजनिक यातायातको क्षेत्रमा समेत परेको छ ।

शीतलहरका कारण कतिपय बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी र निमोनियाले पीडित भएका छन् । विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार गराउन पुग्नेहरुमा त्यस्ता रोगबाट पीडितको संख्या अधिक छ । शीतलहरबाट घरपालुवा चौपायासमेत प्रभावित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...