राजधानी माग गर्दै धनकुटामा आमहडताल

Dhankuta 219 985065476 (1)


धनकुटा । प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोक्न माग गर्दै आजदेखि यहाँ स्थानीयवासीले आमहडताल शुरु गरेका छन् ।

हडतालका कारण आज धनकुटा सदरमुकाममा बिहानदेखि बजार बन्द रहेको छ । धरान–धनकुटा–कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । कोशी राजमार्गको धरान–धनकुटा खण्ड भएर पहाडी जिल्लातर्फ सञ्चालन हुने सवारी साधन नगुडेर धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले राजमार्गको धनकुटा खण्डमा टायर बालेर सवारी साधन रोकेपछि धरानबाट विभिन्न जिल्लातर्फ जान हिँडेका सयौँ सवारी साधन धनकुटा पात्लेखोलामा रोकिएपछि यात्रुहरु अलपत्र भएका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, विद्यालयका गाडीका साथै दूध र तरकारी बोकेको गाडी चलेका छन् ।

पर्याप्त भौतिक पूर्वाधार र जग्गा भएकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकाम समेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने उनीहरुको माग छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...