प्रदेश राजधानी माग्दै धनकुटा बन्द, जनजीवन कष्टकर

Chakkajam dkt

धनकुटा । धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै गरिएको आम हड्तालले धनकुटाको जनवीवन अस्तव्यस्त बनेको छ ।

सरकारले अस्थायी राजधानीको रुपमा धनकुटाबाहेक अन्य जिल्लामा प्रस्तावको रुपमा अघि सारेपछि धनकुटामा आम हड्ताल सुरु गरिएको हो । आम हड्तालको पहिहलो दिन धनकुटामा कुनै पनि सवारी साधन गुडेनन् भने विद्यालय र सरकारी कार्यालय बन्द भए भने सम्पूर्ण पसलहरु बन्द रहे ।

बन्दका कारण धनकुटा लगायतका पहाडी जिल्लाको जनजीवन पनि प्रभावत बन्यो । धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभा जाने कुनै पनि सवारी साधन चल्न सकेनन् । बन्द गराउन बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निस्किए । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै दिनभरसडक अवरुद्ध गरे । जिरोप्वाईन्ट, सरस्वती चौक, आत्मारा लगायतका स्थानमा गाडी तेस्र्याएर सडक अवरुद्ध गरे ।

धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था आदी कारण कारणले पनि धनकुटालाई पदेश नं. १ को राजधानी बनाउन माग गर्दै धनकुटामा आन्दोलन चर्किदै आएको छ ।

प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दवाव दिदै आएका धनकुटाबासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन् ।

आन्दोलन परिचालन समितिले धनकुटालाई प्रादेशिक राजधानी बनाउन जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आएको छ ।

१ घण्टाका लागि खुल्ने
बुधबार विहानदेखि भएको बन्दे जनजीवन अत्यन्तै प्रभावित भएपछि बन्दकर्ताहरुले साँझ साँढे ५ बजेदेखि १ घण्टाका लागि बजार खुल्न दिने भएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेष श्रेष्ठले १ घण्टाका लागि वजार र यातयातका साधन चल्न दिने र अन्य समयमा ठप्प पारिने बताए ।

प्रधानमन्त्रीलाई तेस्रोपटक ज्ञापनपत्र
यता धनकुटामा आन्दोलन भइरहेका बेला काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई तेस्रोपटक ज्ञापन पत्र बुझाइएको छ ।

धनकुटाबाट काठमाडौं आएको प्रतिनिधि मण्डल र काठमाडौंमा बसोबास गर्दै आएका धनकुटेलीहरुले तेस्रो पटक धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...