४ करोड पर्यटक प्रवेश शुल्क संकलन

Money 1

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत ४ करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर एक तारिखदेखि शुल्क उठाउन शुरु गरेको थियो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यटकबाट प्रतिव्यक्ति २ हजारका दरले प्रवेश शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

अक्टोबरमा पुरुष ८ हजार ५५१ र महिला ५ हजार ५७७ गरी १४ हजार १२८ पर्यटक आएका थिए । नोभेम्बरमा पुरुष ४ हजार ५६ र महिला ४ हजार ६२० गरी ६ हजार ६७६ तथा डिसेम्बरमा १ हजार ५५४ जना पर्यटक भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक २ हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाए पनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका खासै काम गर्न नसकेको भन्दै गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृङ्खला खुम्बु गाउँपालिका भित्र पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...