शीतलहर र बाक्लो हुस्सुले तराईबासीको जनजीवन प्रभावित

Cold jad

बर्दिया । तराईका जिल्लामा ३ साता देखि चलेको शीतलहर र बाक्लो हुस्सुका कारण जननीवन प्रभावीत बन्दै गएको छ । पश्चिम नेपालका जिल्ला बर्दियासहितका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको हो ।

हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ ।

जाडो बढेपछि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।

शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् । शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए ।

‘ठूलो लगानी गरेर खेतमा आलु खेती ग¥यौँ, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ’ चौधरीले भने, ‘वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ ।’

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिए ।

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका स्वास्थ्यकर्मी देवी खनालले बताए ।

जाडोबाट बच्न न्यानो हुने गरी कपडा लगाउनु पर्ने तातो तथा झोलिलो पदार्थ प्रशस्त खाने र अत्यावश्क काममाबाहेक घर बाहिर निस्कन नहुने प्राथमिक स्वास्थ्य चौकीका डा. रुपेश ओडले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...