भोजपुर दिङ्ला सतिघाट बससेवा सुरु

Bhojpur

भोजपुर । भोजपुर–दिङ्ला हुँदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ ।

सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा सुचारु गरिएको बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।

भोजपुरबाट दिङ्लासम्मको ३२५ र दिङ्लाबाट सतीघाटको लागि १२० भाडासमेत निर्धारण गरिएको छ । भोजपुरबाट दिङ्लासम्मको दूरी ३९ किलोमिटर छ भने दिङ्लाबाट सतीघाटसम्मको दूरी ११ किलोमिटर रहेको छ ।

यसअघि दिङ्ला भोजपुर सडकखण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेको थियो । बस सञ्चालनमा आएपछि यहाँका सर्वसाधारण निकै हर्षित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...