कहिले पक्राउ पर्लान् पूर्व डिआइजी सिलवाल ?

Nawaraj silwal

काठमाडौं । २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट निर्वाचित पूर्व डिआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

यसअघि उनलाई प्रहरीले सिलवाललाई फरार सुचीमा राखेको थियो । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते कागजात पेश गरेको ठहर गर्दै सर्वोच्च अदालतले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो । त्यसपछि प्रहरीले सिलवाललाई फरारको सुचीमा राखेको थियो ।

सिलवाललाई परिसरले कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो । तर, सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।

तर, प्रहरीले सिलवालाई पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक दवावका कारण तत्काल पक्राउ गर्न सक्ने अवस्था छैन । किनभने द्धन्द्धकालीन समयमा ज्यान मुद्दा खेपेका माओवादी नेता वालकृष्ण ढुंगेललाई लामो समयसम्म पक्राउ गर्न सकेको थिएन ।

केही समय उनी लुकीलुकी हिडे पनि उनी राजनीतिक दवावकै कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन । अहिले प्रहरीले सिलवाललाई पक्राउ पूर्जी जारी गरेको भए पनि ढुंगेलझै लामो समयसम्म पक्राउ नपर्ने आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...