मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

Mauri

मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् ।

तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्छन् ।

आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उनले चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गर्छन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् ।

खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ ।

मौरी ल्याएपछि आफूले तोरीमा विगत ४÷५ वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ ।

२०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गरेका हुन । अहिले २ सय घारसम्म पाल्न सफलभएका छन् । उनले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् ।

वार्षिक रुपमा २ सय घारबाट ५ हजार केजीअर्थात् ५० क्विन्टल मह वार्षिक उत्पादन हुन्छ भने ३० लाख बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी ६ सय को दरले बिक्री वितरण गर्ने गरेको उनले सुनाए ।

उनले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् ।

मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ ।

मौरीपालनले १ हजार घार मौरीबाट वार्षिक २० लाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ ।

व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ ।

बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उनीहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...