इटहरीमा बैंकिङ एक्स्पो सुरु

Banking ykspo

काठमाडौं । सुनसरीको इटहरीमा बैंक/बीमा एक्स्पो सुरु भएको छ । सो एक्स्पोको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारी मुलक स्टल राखिएको छ ।

मिडिया इन्टरनेसलद्वारा शुक्रबार इटहरीमा आयोजित बैंक/बीमा एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर श्रेष्ठले ७ सय ४४ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने बताएका हुन् । त्यसका लागि केन्द्रीय बैंकले वित्तीय संस्थालाई प्रोत्साहन गरिरहेको उनले बताए ।

सरकारी कारोबारका लागि पनि हरेक गाउँपालिका र नगरपालिकामा बैंकको शाखा आवश्यक रहेको औँल्याउँदै उनले भने, ‘समृद्धिका लागि पनि यो महत्वपूर्ण हुनेछ ।’

उनले हरेक वाणिज्य बैंकले कुल कर्जाको पाँच प्रतिशत विपन्न वर्गको लागि लगानी गर्नुपर्ने बताउँदै सस्तो ब्याजदर हुने यस्तो कर्जाले विपन्न वर्गका व्यक्तिको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैंकलाई बुझ्न सक्नेले धेरै फाइदा लिन सक्ने बताए । बैंक र पैसाको महत्व तथा उपयोगिताबारे जान्नेले समुन्नत जीवन जिउन विदेशिनु पर्दैन,’ उनले भने, ‘इच्छाशक्ति, जाँगर र भिजन भएकालाई बैंकले बिनाधितो पनि कर्जा दिन्छन् ।’

सो एक्स्पोको उद्घाटनमा प्रभु ग्रुपकी अध्यक्षसमेत रहेकी प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेस विष्ट, मिडिया इन्टरनेसनलका अध्यक्ष एवं ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ का संयोजक माधव निर्दोष लगायतले पूर्वाञ्चलमा गरिएको एक्स्पोले बैंकिङ क्षेत्रप्रतिको विश्वास बढ्ने बताएका थिए ।

यसअघि सो संस्थाले सुदूरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौंमा पहिलो पटक बैंकिङ एक्स्पोको संचालन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...