सिमेन्ट र छडको मूल्य वृद्धि उपभोक्ता मारमा

Cement

विराटनगर । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।

गत मंसिरमा प्रतिबोरा ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा ९२५ देखि ९५० सम्ममा बिक्री भइरहेको छ ।

सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मूल्य स्थिर भएपछि यतिखेर मारुती सीमेन्ट, तेज लगायतका सिमेन्ट प्रतिबोरा ९३० मा बिक्री भइरहेको छ । प्रतिबोरामा ३० सम्ममा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

त्यस्तै, फलामे छडको मूल्यमा समेत वृद्धि भएको छ । अधिकांश छड उत्पादन गर्ने उद्योगले प्रतिकिलो ११ सम्म वृद्धि गरेका छन् । अहिले हुलास र जगदम्बा लगायतको छड प्रतिकिलो ८१ मा बिक्री भइरहेको छ भने हामा उद्योगको छड प्रतिकिलो ८६ रुपैयाँ ५० प्रसामा बिक्री भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...