अपेक्षाअनुसार वैदेशिक सहायताको सोधभर्ना प्राप्त भएन
काठमाडौँ । वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो ।
अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ ।
सरकारले चालू आवको बजेटमा रु ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार वैदेशिक अनुदान र रु दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार वैदेशिक ऋण जुटाउने उल्लेख गरेको थियो । वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउछन् ।
मंसिरसम्ममा रु ९९ अर्ब ३७ करोड वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने त्यसमध्ये रु ९४ अर्ब १८ करोड २० लाख सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । संघीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको थियो ।
सम्बन्धित समाचार
सेयर बजारमा हरियाली हुँदा नेप्सेमा ५४.५४ अंकको वृद्धि, ८ अर्ब माथिको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अ...
प्रधानमन्त्री भन्छन्, १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो
धरान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद...
दशैंअघि नै निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने
काठमाडौं । गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपिय...
नेपालमा मुद्रास्फीति ८.१९ प्रतिशत, यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक अवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट ...
स्वर्णलक्ष्मी सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न
झापा । स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा दमकमा सम्पन्न...
नेप्से घटेको घट्यै, नेप्से घटे पनि कारोबारमा भने केही सुधार
काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्त...
‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...
प्रतिकृया दिनुहोस