सुन तस्करी रोक्न मन्त्री शर्माको अनुनय

सुनचाँदी व्यवसायी मञ्चको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित

Sunchadi progam

काठमाडौं । विना विभागीय मन्त्री जनार्दन शर्माले देशमा भइरहेको सुनको तस्करी रोक्नुपर्ने बताएका छन् ।

मन्त्री शर्माले सुन तस्करी हुँदा देशलाई अर्बाैको घाटा भइरहेकाले देशको आर्थिक विकास गर्न पनि अबैध बाटोबाट भइरहेको सुनको तस्करी रोक्न जरुरी भएको बताएका हुन् ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको शनिवार ललितपुरको गोदावरीमा प्रथम वार्षिक साधारणसभामा मन्त्री शर्माले नेपालको ठूलो धनराशी अवैध तरिकाले विदेशिने क्रम रोक्न सुनचाँदी व्यवसायमा लागेका व्यवसायीहरु पनि लाग्नुपर्ने सुझाव दिए ।

सो प्रथम वार्षिक साधारण सभामा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सबै तहको निर्वाचन सम्पन्न भइसकेका कारण नेपालमा लगानी गर्ने उचित वातावरण तय भइसकेको बताए । उनले अब बन्ने सरकारले कर तिर्ने सबै व्यवसायीहरुलाई सुरक्षा दिने बताए । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीको सभापतित्वमा भएको सो प्रथम वार्षिक साधारण सभामा आर्थिक तथा संगठनात्मक प्रतिवेदन पेश गरिएको थियो ।

विभिन्न व्यक्तित्वहरु सम्मानित
मत्तचले आफ्नो प्रथम साधारणसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा जेष्ठ नागरिक सम्मानबाट गोपीलाल ल्वागुन, राष्टसेवक सम्मानबाट सन्तोष खड्का, निरन्तर सेवाबाट दीपक राई, शिवशंकर शर्मा र मनोहर शाह, क्रियाशील पत्रकारिता सम्मानबाट विनोद विश्वकर्मा र प्रकाश समिर र कालिगढ स्वर्ण सम्मानबाट कृष्ण दियाली, श्रीप्रसाद लकान्द्री र कमल बराइली छन् ।

उनीहरुलाई विना विभागीय मन्त्री शर्मा, एमाले सचिव भट्टराई, मञ्चका अध्यक्ष लकान्द्री लगायतले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...