सुनचाँदी व्यवसायलाई पाठ्यक्रममा समावेश गर्न व्यवसायीको माग

नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले थाल्यो पाठ्यक्रम बनाउने काम

Sunchadi 9

काठमाडौं । सुनचाँदी व्यवसायलाई पाठ्यक्रममा समावेश गर्न व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले पाठ्यक्रममा समावेश गर्न कार्यदल पनि बनाएका छन् ।

नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघको पहलमा डा. तारालाल श्रेष्ठको नेतृत्वमा पाठ्यक्रम बनाउन पनि थालेका छन् । संघले सुनचाँदी व्यवसायलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्दै बौद्धिक सीपको रुपमा विकास गर्न पाठ्यक्रम तयार गर्न लागिएको संघका अध्यक्ष मोहन विश्वकर्माले बताए ।

संघले शनिवार आयोजना गरेको परामर्श बैठकमा शिक्षाबिद डा. बिध्यानाथ कोइराला, सिटिइभिटीका उपनिर्देशक तैलेन्द्र आचार्य, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, डा. गंगाराम बिश्वकर्मा, तिलक बिके, अभियानकर्मी कमला हमेच्युरी, धनकुमारी सुनार, हिरा विश्वकर्मा, नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य तथा अधिवक्ता श्यामकुमार बिश्वकर्मा लगायतका सुनचाँदी हस्तकलाको क्षेत्रमा क्रियाशील व्यवसायी र कालिगढहरुहरुले सुनचाँदीको व्यवसायीलाई बौद्धिक सीपको रुपमा विकास गर्न जरुरी भएको बताएका थिए ।

सो परामर्श बैठकमा सुनचाँदी हस्तकलाको औद्योगिकारण र सीपको शैक्षिकीरण गर्ने, छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्रिय उद्योगको रुपमा विकास गर्ने, शिक्षाको क्षेत्रमा क्रियाशील शिक्षाविद्धहरुको बौद्धिक टीम निर्माण पाठ्यक्रम बनाउने काम अघि बढेकाले त्यसलाई कार्यान्वयनमा लैजाने जस्ता महत्वपूर्ण निर्णय गरेको थियो ।

सो बैठकमा आगामी दिनमा संघकै पहलमा पाठ्यक्रम बनाई देशभरका कालीगढहरुको सीपलाई शैक्षिक विकास गर्ने, कालीगढहरुबाटै छनोट गरी दक्ष प्रशिक्षकहरु तयार गर्ने र सिटिइभिटीमार्फत तालिमहरु सञ्चालन गर्नेजस्ता विषयमा छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...