‘प्रगतिका आधारमा नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ’
मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो जानकारी गराइएको हो । यो अवधिमा चालू खर्च भने १५.२ प्रतिशत भएको छ ।
कार्यक्रममा राज्यमन्त्री जनकराज चौधरीले लगातारको निर्वाचन र प्रशासनिक संक्रमणकालका कारण पहिलो चार महिनामा विकास बजेट कम मात्रै खर्च भएको बताए ।
“बाँकी समयमा विकास बजेट खर्च हुनुपर्छ, बजेट मात्र खर्च गर्ने होइन विकास निर्माणका काम गुणस्तरीय रुपमा गरिनुपर्छ” – उनले भने ।
राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले आर्थिक वर्षको पहिलो चार महिनामा ३.५४ प्रतिशत मात्र विकास बजेट खर्च हुनुले पूर्वाधार विकासको अवस्था दयनीय रहेको दर्शाउने बताए ।
“प्रगति जनताको सन्तुष्टिमा मापन गरिनुपर्छ, कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र शहरी विकासलाई प्राथमिकता दिएर विकास निर्माणका काम हुनुपर्छ, पूर्वाधार एवम् विकास निर्माणमा भएको प्रगतिका आधारमा २९३ नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ” – उनले भने ।
आयोगले चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको सदस्य श्रेष्ठले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा ७.९ प्रतिशत वृद्धिको लक्ष्य राखिएको पनि सो अवसरमा जानकारी गराइयो ।
सचिव दिनेशकुमार थपलियाले ७५३ स्थानीय तहमा गएको रु दुई खर्ब २५ अर्ब बजेटको प्रगति मन्त्रालयले पेश गर्न नसक्ने बताए ।
“कूल ७५३ स्थानीय तहमध्ये ४७ मा अझै सडक सञ्जाल पुगेको छैन, दुई वर्षमा सबै स्थानीय तहका केन्द्रमा यातायात पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उनले भने ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले स्थानीय स्तरमा पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बजेट प्राप्त नभएको गुनासो गर्नुभयो ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थ...
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी । दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग...
सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द
काठमाडौं । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज साताको अन्तिम दिन सेयर बजार नेप्से प...
तोलामा ३ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय र...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस