१२८ देशले अमेरिकाको विपक्षमा मतदान

 99322929 89e8cd94 935b 43bf ad88 1059c3547e15

पुस । संयुक्त राष्ट्रसंघको महासभामा जेरुशेलमलाई इजरायलको राजधानी बनाउने अमेरिकाको घोषणाको विपक्षमा मतदान भएको छ । महासभामा भएको मतदानमा जेरुशेलमलाई राजधानीको मान्यता दिने अमेरिकी प्रस्तावको विपक्षमा बहुमत सदस्य राष्ट्रले मत दिएका हुन् । डिसेम्बरको सुरुमा अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गरेका थिए ।

तर संयुक्त राष्ट्रसंघको महासभामा जेरुशेलमलाई इजरायलको राजधानीको मान्यता दिइने अमेरिकी निर्णयलाई रद्द गर्ने पक्षमा मतदान भएको हो । राष्ट्रसंघमा प्रस्तुत भएको जेरुशेलमलाई राजधानी मान्न गैरबाध्यकारी प्रस्तावको पक्षमा एक सय २८ देशले मतदान गरेका छन् । यस्तै ३५ देश मतदानमा सहभागी भएनन् भने अमेरिकासहित ९ देशले मात्रै राजधानीको मान्यता कायम राख्नु पर्ने भन्दै राजधानी मान्न गैरबाध्यकारी प्रस्तावको विपक्षमा भोट दिए ।

मतदान गरेका एक सय २८ देशले अमेरिकाको विपक्षमा मत दिएका हुन् । अमेरिका, इजरायल, ग्वाटेमाला, होन्डुरस, द सार्शाल आइल्याण्ड, माइक्रोनेसिया, नाउरु, पालाउ र टोगोले जेरुशेलमलाई राजधानी मान्नु पर्ने पक्षमा मत दिएका हुन् । मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका थिए । ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...