आयोजक फारवेष्ट पशुपति फाईनलमा

Sports 6 dhangadi

धनगढी । ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको उपाधिका लागि फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया आमनेसामने हुने भएका छन् ।

धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईनलमा फराकिलो जित दर्ता गर्दै आयोजक फारवेष्टले फाइनलमा पिएफए अत्तरियासँगको भेट पक्का गरेको हो । पिएफए अत्तरिया यसअघि नै सुदूरपश्चिम–११ स्पोर्टस क्लबलाई १–० ले हराउँदै फाइनल पुगिसकेको छ ।

उपाधिका लागि शनिबार धनगढी रंगशालामा पिएफए अत्तरिया र आयोजक फारवेष्टबीच प्रतिस्पर्धा हुने आयोजक फारवेष्टका पशुपति युवा क्लबका सचिव ललित मिश्रले बताए ।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनलमा विदेशी खेलाडी सेगुनको दोहोरो ह्याट्रिकले फारवेष्टले न्यु बुद्ध युवा क्लब फुलवारीलाई ८–१ को फराकिलो गोल अन्तरले विजयी यात्रा तय गरेको छ । सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा न्यु बुद्ध समालिन नसक्दा हराकिलो हार ब्यहोर्न बाध्य भयो ।

पहिलो हाफको १४ औं मिनेटमा न्यु बुद्धका लक्ष्मण शाहीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई फारवेष्टले ३ मिनेट पनि टिक्न दिएन । पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी सेगुनले गोल गर्दै खेललाई बराबरीमा मा ल्याए । फारवेष्टकै रोशन खत्रीले ४३ औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टीमलाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम समयमा विपक्षी टीमले अग्रता कायम गरेपछि टीम सम्हालिन सकेन र दोस्रो हाफमा न्यु बुद्धले थप ६ गोल खायो । दोस्रो हाफको ४४ औं मिनेटमा महेश चन्दले तेस्रो गोल गर्दै ३–१ को अन्तर बनाए । त्यसपछिका लगातार ५ गोल गर्दै सेगुनले दोहोरो ह्याट्रिक पुरा गरे । उनले दोस्रो हाफको ६३, ६७, ७७, ८३ र ८७ औं मिनेटमा गोल गरेका थिए । उनी विहीबारको खेलमा म्यान अफ द म्याच भए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...