नेपाल अण्डामा आत्मनिर्भर

काठमाडौँ । सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।
सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ ।
गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।
गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ । आव ०७०÷७१ मा हाँसको अण्डा एक करोड ३४ लाख तीन हजार ०७१÷७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२÷७३ मा एक करोड ३९ लाख ६ हजार अण्डा उत्पादन भएको थियो ।
त्यसैगरी कुखुराको अण्डा ०७०÷७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१÷७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२÷७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भई नेपाल अण्डामा आत्मनिर्भर भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए।
हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अण्डाको अभाव छैन । यद्यपि भारतको खुल्ला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अण्डाको आयात रोकिएको छैन । नेपालमा अण्डा दिने कुखुराको सङ्ख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको सङ्ख्या एक लाख ८० हजार ९२७ रहेको छ ।
सम्बन्धित समाचार
उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थ...
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी । दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग...
सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द
काठमाडौं । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज साताको अन्तिम दिन सेयर बजार नेप्से प...
तोलामा ३ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय र...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस