महिला व्यवसायीका समस्या नसुनेको गुनासो

महिला सहभागीता बढाउने प्रयास हुँदैछ : सेढाई

Rukmini sedhain

काठमाडौं । ठूला तथा साना व्यवसायमा अहिले पुरुषभन्दा पनि महिलाको सहभागीता उल्लेख्य छ । तर, साना व्यवसायीहरुलाई राज्यले व्यावसायीको रुपमा हेर्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।

काठमाडौं उपत्यका लगायतका सहरहरुमा साना स्तरका व्यवसायमा महिलाहरुको सहभागीता धेरै छ । उनीहरु सफल व्यवसायी पनि बनेका छन् । तर, राज्य र समाजले अझैं उनीहरुलाई उद्यमीको रुपमा व्यहार गर्न सकेको छैन ।

उनीहरुको पहुँच नेतृत्व तहमा भने कम छ । त्यही भएर नेतृत्व लिन कस्सिएर लागेका छन् साना व्यापारीहरु ।

ठूला व्यवसायीहरु व्यवसायमा लागेका महिलाहरु व्यवसाय गर्न सुरक्षित भए पनि साना तथा मझौला व्यवसायीहरु सबैं ठाउँमा असुरक्षित हुने गरेको पाइएको छ । खासगरी साना तथा मझौला व्यवसायीहरुले भन्सार नाकाहरुमा आयात–निर्यात प्रक्रिया झन्झटिलो भएको र विचौलियाहरुको कारण सहजरुपमा व्यवसायी सञ्चालन गर्न नसकेको बताउने गरेका छन् ।

साना व्यवसाय गर्ने महिलाहरु सधैं सडकमा हुने गर्छन् । तर, बजारमा महिला व्यवसायीहरुले धेरै समस्या भोग्दै आएका छन् । हाल उनीहरुको समस्या समाधान गर्न र साना व्यवसायमा महिलाहरुको सहभागीत वृद्धि गर्न साना व्यवसायीहरु संगठित भएका छन् ।

महिलाका आवाज उठाउने प्रयास
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल व्यापार संघ, भक्तपुर रेडिमेट व्यापार संघ, चाहना व्यापार संघ लगायतका १८ वटा संस्था मिलेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको छ ।

सो ५१ सदस्य महासंघमा अहिले महिलाको संख्या ३३ प्रतिशतभन्दा पनि बढी छ । चाहाना व्यापार संघमा २ पटक उपाध्यक्ष भइसकेकी रुकमिणी सेढार्इँ नेपाल व्यापार संघको प्रथम सचिव हुन् । यसैको महिला विभाग प्रमुख पनि हुन् । उनी आफैं महासंघको सचिव हुन् ।

उनी लामो समयदेखि साना व्यवसायमा संलग्न रहँदै आएकी छन् । उनले साना व्यवसाय सञ्चालनमा रहेका महिलाहरुको पेशागत हक हितका लागि सधैं आवाज उठाउँदै आएकी छन् । महासंघमा पनि उनले महिला सहभागीताको कुरा उठाइरहेकी छन् ।

‘साना व्यवसाय नै महिलाहरुले टिकाएका छन् । तर, उनीहरुका आवाजलाई कसैले सुनेको पाइएन’ सेढाईले भनिन्, ‘महिला उद्यमीमा मुद्दालाई माथिल्लो तहसम्म पु¥याउन महासंघले पहल गर्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...