व्यवसाय गरी खर्च जुटाउँदै बेलडाँडीका महिला

Silai katai

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् ।

घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।

महिला विभिन्न समूहमा आबद्ध भई रकम बचत गरी सोही रकम ऋणका रुपमा परिचालन गरी आम्दानी गर्न थालेका छन् । सिद्धनाथ समूहमा आबद्ध सकुन्तला साउद लघुवित्त कार्यक्रममार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको बताउँछन् ।

सरस्वती साउदले ऋण निकालेर श्रीमान्लाई वैदेशिक रोजगारमा पठाएको छ । समूहबाट ७० हजार र आफूसँग रहेको २० रकम खर्चेर श्रीमान्लाई विदेश पठाएको उनले बताए । उन
ले वैदेशिक रोजगारबाट कमाएको पैसा किस्ताका रुपमा समूहमा जम्मा गर्दैआएकी छन् ।

बेलडाँडी गाउँपालिका– ४ का आरती केसीले समूहबाट रकम निकाली छोराका लागि कुखुरा फार्म सञ्चालन गरेकी छन् । सोही गाउँपालिका–२ चन्दबस्तीकी जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट १ लाख ऋण झिकेर खाजा पसल सञ्चालन गरेकी छन् । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ ।

समूहमा बचत गर्दै आएका महिलामध्ये धेरैले शैक्षिक कर्जासमेत लिएका छन् । समूहबाट ऋण लिएर भैँसी खरिद गरेका महिलाले नजिकैको चवन्नी बजारमा दैनिक दूध बेचेर आम्दानी लिँदै आएका छन् ।

लघु वित्त कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी संस्थाका कार्यकारी प्रमुख मदन भट्टका अनुसार सहकारीले दैजी, बेलडाँडी, बेलौरी र वाणीमा शाखा कार्यालय सञ्चालन गरी लघु वित्त कार्यक्रमअन्तर्गत २०२ केन्द्रमा ८७८ वटा विपन्न समुदाय र आर्थिक रुपमा पछाडि परेका महिलाका समूह गठन गरिएकमाके छ । गठित समूहमा तीन हजार ५१३ महिला आबद्ध छन् ।

समूहमा आबद्धमध्ये १ हजार ६५२ महिलाले समूहबाट ऋण निकाली आयआर्जका कार्यक्रम सञ्चलन गरेका छन् । १० करोड १४ लाख ६८ हजार रकम लगानी गरिएको भट्टले बताए । व्यवसायको प्रकृतिका आधारमा समूहमा आबद्ध महिलालाई ५० हजारदेखि १ लाखसम्म ऋण उपलब्ध गराइँदै आएको छ । समूहमा आबद्ध महिलाले १ करोड १९ लाख ६३ हजार ३४० रकम बचत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...