१५ दिनमै बढ्यो इन्धनको मूल्य

किन गर्छ यसरी आत्मघाती काम ?

Petrol pump

काठमाडौं । महंगीको मारमा परेका जनतालाई राहत दिनु त कता हो कता, यो सरकारले उल्टै जनताको ढाँड सेक्न थालेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएलगत्तै पेट्रोलियम पदार्थको मूल्य बढाएर आलोचना खेपोको सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

नेपाल आयल निगमले। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा इन्धनको मूल्य बढाएको बताएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मट्टितेलमा १ रुपैयाँले बढाएको निगमले जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने बताए ।

यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मट्टितेल ७७ रुपैयाँ थियो । निगमले यसरी जथाभावी मूल्य बढाउँदा पनि निगमलाई नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मट्टितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ । डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ ।

किन बढ्छ मूल्य ?
नेपाल आयल निगम लामो समयदेखि घाटामा थियो । तर, २०७१ मा तत्कालीन बाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापाले नेपालमा पहिलोपटक स्वचालिन मूल्य प्रणाली लागू गरेका थिए ।

त्यसबेला नेपालमा पेट्रोलको मूल्य १ सय ९९ रुपैया थियो । तर, स्वचालित मूल्य प्रणाली लागू भएपछि झण्डै आधा मूल्य घटेको थियो । त्यसयता खासै मूल्य बढेको थिएन ।

तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो शाषन कालको अन्त्यतिर जनतालाई मार पार्ने गरी मूल्य बढाउन थालेको छ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको बहानामा धमाधम मूल्य बढाइरहेको छ ।

पछिल्लो दिनमा नेपाल आयल निगम विवादमा पर्दै आएको छ । खासगरी इन्धन भण्डारको जग्गा खरिदमा अनियमितता भएको आरोप तत्कालीन कार्यकारी प्रमुख गोपाल खड्का अख्तियारको फन्दामा परेका थिए । उनलाई सरकारले मन्त्रालय तानेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...