साना व्यवसायीको हितमा खुल्यो अर्काे महासंघ

Vimvakta shresthha

काठमाडौं । साना व्यवसायलाई समेट्न नसकेपछि साना व्यवसायीहरुले महासंघ बनाएका छन् ।

अहिले व्यवसायीहरुको सुरक्षा र व्यापार व्यवसाय प्रवद्र्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघ क्रियाशील छ । तर, सो महासंघले साना भन्दा पनि ठूला व्यापारीहरुको हितमा बढी केन्द्रित भएपछि साना व्यवसायीहरु एक भएका हुन् ।

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, भक्तपुर रेडिमेट व्यापार संघ, चाहना व्यापार संघ लगायतका १८ वटा संस्था मिलेर केही समयअघि मात्रै नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको छ ।

उपत्यकाका विभिन्न ठाउँमा व्यापार व्यवसाय गरेर बसेकाहरुको समस्या उस्तै भएकाले पनि सरकार र सरोकारवाला निकायलाई दवाब दिन र व्यवसायिक हकहित र संरक्षणका लागि महासंघको स्थापना गरिएको हो ।

महासंघले साना व्यवसायीको सुरक्षा, व्यवसायीक प्रवद्र्धन र नेपालको औद्योगिक विकासमा टेवा पु¥याउन विभिन्न माग अघि सारेको चाहना व्यापार संघको अध्यक्ष भीमभक्त श्रेष्ठ बताउँछन् ।

‘साना व्यवसायीहरुको सुरक्षा प्रवन्ध मिलाउन र सहजरुपमा व्यवसाय गर्ने वातावरण नमिलाए साना व्यवसायीहरु डुब्ने अवस्थामा छ’ उनी भन्छन्, ‘घरधनीले घरबहाल सम्झौता नगरेको, जथाभावी भाडा बढाएको, सम्मानपूर्वक व्यवहार नगरेको जस्ता समस्या समाधान गर्नुपर्छ ।’ उनी महासंघका उपाध्यक्षसमेत हुन् । 

उनले साना व्यवसायीहरुको सुरक्षा प्रवन्ध मिलाउन र सहज रुपमा व्यवसाय गर्ने वातावरण नमिलाए साना व्यवसायीहरु डुब्ने अवस्थामा रहेको बताए । महासंघ बनेपछि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, वाणिज्य मन्त्री र आपूर्तिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भइरहेको उनले बताए ।

महासंघले ढुवानीमा गरिएको सिण्डिकेट अन्त्य हुनुपर्ने, तत्काल घरवहाल नीति ल्याइनुपर्ने, व्यवसायी र राज्यबीच समन्वयकारी व्यवहार हुनुपर्ने, धुँवाधुलो र फोहोरमुक्त वातावरण कायम गर्नुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, लगानीमैत्री वातावरण बनाइनुपर्ने, व्यवसायीलाई सरल रुपमा ऋण प्रवाह गरिनुपर्ने लगायतका माग पनि अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...