साना व्यवसायीलाई सम्मानपूर्वक व्यवहार नभएको श्रेष्ठको गुनासो

Manoj shrestha

काठमाडौं । अहिले व्यवसायीहरुको सुरक्षा र व्यापार व्यवसाय प्रवद्र्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघ क्रियाशील छ । तर, त्यसले साना व्यवसायलाई समेट्न नसकेपछि साना व्यवसायीहरुले महासंघ बनाएका छन् ।

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, खिचापोखरी न्यूरोड व्यापार संघ, नेपाल व्याग उद्योग संघ, फेन्सी व्यवसायी संघ नेपाल, रन्जना व्यापार संघ, वौद्ध व्यापार संघ, विशाल बजार व्यापार संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, भक्तपुर रेडिमेट व्यापार संघ लगायतका १८ वटा संस्था मिलेर केही समय अघि मात्रै नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन भएको छ ।

उपत्यकाका विभिन्न ठाउँमा व्यापार व्यवसाय गरेर बसेकाहरुको समस्या उस्तै भएकाले पनि सरकार र सरोकारवाला निकायलाई दवाब दिन र व्यवसायिक हकहित र संरक्षणका लागि महासंघको स्थापना गरिएको खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन् ।

यो महासंघले साना व्यवसायीको सुरक्षा, व्यवसायीक प्रवद्र्धन र नेपालको औद्योगिक विकासमा टेवा पु¥याउन विभिन्न माग अघि सारेको छ । ‘साना व्यवसायीहरुको सुरक्षा प्रवन्ध मिलाउन र सहजरुपमा व्यवसाय गर्ने वातावरण नमिलाए साना व्यवसायीहरु डुब्ने अवस्थामा छ’ उनी भन्छन्, ‘घरधनीले घरबहाल सम्झौता नगरेको, जथाभावी भाडा बढाएको, सम्मानपूर्वक व्यवहार नगरेको जस्ता समस्या समाधान गर्नुपर्छ ।’

उनले साना व्यवसायीहरुको सुरक्षा प्रवन्ध मिलाउन र सहज रुपमा व्यवसाय गर्ने वातावरण नमिलाए साना व्यवसायीहरु डुब्ने अवस्थामा रहेको बताए ।

ठूला व्यवसायीहरु व्यवसाय गर्न सुरक्षित भए पनि साना तथा मझौला व्यवसायीहरु संकटमा पर्दै आएको उनीहरुको गुनासो छ । साना तथा मझौला व्यवसायीहरुले भन्सार नाकाहरुमा आयात–निर्यात प्रक्रिया झन्झटिलो भएको र विचौलियाहरुको कारण सहजरुपमा व्यवसायी सञ्चालन गर्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कट्वाल बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...