भूमिदानका लागि ६ करोड ५० लाख सहयोग

Money

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकायबुद्ध मण्डला भूमिदानका लागि आजसम्म ६ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

बुद्ध मण्डला निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरिदका लागि स्वदेश र विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीबाट उक्त रकम सहयोग प्राप्त भएकोे मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए ।

सचिव गुरुङका अनुसार पहिलो चरणमा मण्डलाका नाममा खरिद गरिएको जग्गाको रकम तिर्ने र दोस्रो चरणमा पुनः रकम संकलन गरी मण्डला निर्माणको काम अघि बढाइनेछ ।

मण्डलाको हातामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, बगैंचा, छात्रवास, पुस्तकालय, चारवटा कुनामा स्तुपा, गेष्टहाउस र संग्रहालय बनाउने लक्ष राखिएको छ ।

यसैबीच भूमिदानका लागि बेलायतबाट पोखरा आउनुभएका महेश गुरुङले ५० हजार ५ र डा चन्द्रबहादुर गुरुङले ५० हजार सहयोग गरेको सचिव गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...