पाल्पाका कृषक चिन्तामा अदुवाले बजार पाएन

Aduwa stor

पाल्पा । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्ता मा परेका छन् ।

गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ ।

गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी ४ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गर्छिन । अदुवाबाट उनको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उनी निकै समस्यामा परेकी छन् ।

उनी भन्छिन, ‘गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ ।’ उनले तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गरेकी छन्, तर अहिलेसम्म बिक्री भएको छैन । व्यापारिले २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउँछिन् ।

त्यस्तै अर्का कृषक दिलबहादुर रानाले अहिले ३ सय धार्नी अदुवा उत्पादन गरेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा उनको मेहनत र लगानी खेर जाने भएको छ । रानाले गतवर्ष अदुवा बिक्री नभएपछि २ सय धार्नी अदुवा सुठो बनाएर राख्नुभयो । तर त्यो सुठो बनाइएको अदुवा एक धार्नी पनि बिक्री नहुँदा उनी चिन्तित बनका छन् ।

‘गतवर्षको सुठो बनाएको त्यत्तिकै छ, अहिले पनि उत्पादन भइसक्यो, एक धार्नी बेच्न पाइएको छैन’ रानाले भने । सुठो बनाउँदा समयको खर्च र बनाउन निकै झण्झट हुन्छ । तर त्यही सुठो पनि नबिक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।

अदुवा बिक्री नहुँदा साझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउछन् । अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहुँदा मारमा परेका छन् । व्यापारिले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन् ।

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...