विश्व बैँकद्धारा ८ अर्ब ऋण स्वीकृत

World bank

काठमाडौँ । विश्व बैँकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब ८ अर्ब ऋण प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ ।

बैैँकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैँकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट २ सय ७१ नगरपालिकाका २ लाख पशुपालक किसान लाभान्वित हुनेछन् ।

परियोजनाबाट मूलभूत रुपमा महिला र ५ सय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...