च्याउ व्यवसायबाट मनग्य आम्दानी

Chau

पाल्पा । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआएका छन् । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ ।

अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । ‘बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु’ उनले भने ।

यसवर्ष ५ लाखदेखि रु ६ लाखसम्म च्याउ बिक्रीबाट आम्दानी गर्ने उनको लक्ष्य छ । ४ वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि उनले मनग्य आम्दानी गर्दैआएका हुन् ।

अहिले दैनिक ७० किलोसम्म च्याउ उत्पादन गरी पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको कृषक रानाले बताए । रानाले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गर्दै आउएका हुन्

च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम कमाउएका छन् । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उनको भनाइ छ ।

‘च्याउबाट यति धेरै आम्दानी हुन्छ भन्ने सोचेको थिइन, लक्ष्यभन्दा मनग्य आम्दानी हुन थालेपछि अब छिट्टै नै तीन हजार बल्बमा विस्तार गर्ने सोचमा छु’ ।

कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी/बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउँछन् । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस