२ अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

Kalopatre

मोरङ । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।

एशियाली विकास बैंक एडिवीको सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न सर्भेक्षण भइरहेको जानकारी दिए ।

एशियाली विकास बैंकअन्तर्गत रहेको आरयुडिपी को २ अर्ब ४० करोडको सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु एक अर्बभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...