दुईतिहाई ल्याउँछु भन्ने वाम गठबन्धन हार्ने डरले अहिले प्रतिरक्षात्मक रुपमा चिच्याईरहेको छ : डा. महत

Prakash sharan mahat

काठमाडौँ । लोकतान्त्रिक गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ५ काप्रतिनिधि सभाका उम्मेद्धवार एवम् कांग्रेस नेता डा. प्रकाशशरण महतले अबको निर्वाचनमा कांग्रेसले बहुमतल्याउने र सरकार बनाउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावविशेष साक्षात्कारमाबोल्दै नेतामहतले यस्तो बताएका हुन् । उनले भने,‘हामी लोकतन्त्र पक्षधरका शक्ति हौं, स्वतन्त्रताको जगमा आफ्नो सिपको प्रयोग गर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने शक्तिहौं, त्यसैले अबको निर्वाचनमा कांग्रेसलाई नै जनताले अत्यधिकमत दिनुहुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूपनि अघि बढ्ने र देशलाई अघि बढाउने कांग्रेसको लक्ष्य रहेको सुनाए । उनले थपे,‘त्यसो हुनाले अहिले त जनतासामू आस्थाको चिजको रोजाई छ, अहिले म र ईश्वर पोखरेलको रोजाई भन्दा पनि कुन बाटोमा मुलुक जाने भन्ने कुरा हो, हामी लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा आर्थिक क्रान्तिल्याउने पक्षमा छौं ।’

डा. महतले एमाले–माओवादी केन्द्रका नेताहरु उल्टो बाटोमा हिँड्न खोज्दै गरेको आरोप लगाए । उनले भने,‘उहाँहरु उल्टो बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ, उहाँहरुको उद्देश्य भनेको एउटा दल सर्वेसर्वा हुने र शासनगर्ने, त्यो बाटो असफल बाटो हो, यसले जनताको चाहनापूर्ति हुँदैन।’उनले वाम गठबन्धनले मुलुक र जनताको लागि केहीगर्न नसक्ने भएकोले जनताले कांग्रेसको पक्षमा मत दानगर्नुपर्ने धारणा राखे ।

कांग्रेसका उम्मेद्धवार लाई नै जनताले विजय गराउनु पर्ने भन्दै डा. महतले आह्वान गरे,‘चारै छाप रुखमामतदान हुनुपर्छ,लोकतान्त्रिक बाटोमाअवरोध खडा गर्नेहरु असफल हुन्छन । नेपालीकांग्रेसको म सशक्तउम्मेद्धवार हुँ, पाँचनम्बर क्षेत्र अत्यन्तै महत्व्पूर्ण क्षेत्र हो, यो राजधानीको मुटुमा छ ।

बुढानिलकण्ठ तीर्थस्थलहो, टोखा साँस्कृतिकनगरी, चण्डेश्वरी, हाँडीगाउँ, साँस्कृतिक केन्द्र छ । क्ेन्द्रबाट विशेष परियोजनाल्याएर आधुनिक सुविधासम्पन्नअनुसार ऐतिहाँसिक वैभवकायम राखेर विकास गर्छु ।’

उनले आफू काठमाडौँका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको समेत जिकिर गरे । उनले थपे,‘उडन्ते कुरा नेपालीकांग्रेसले गर्दैन् । यसरी गर्छु भनेर सुनिश्चितता दिलाउँछु। झोरमा सुुरुङ्मार्ग बनाउनेप्रारम्भिक सर्वे हाम्रै पालामा भएको छ, २२ किलोमिटरको दुरी घटाउन चाहन्छौं।’

त्यस्तै उक्त क्षेत्रमा रहेको शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने र जिप राईड जाने व्यवस्था भए हजारौं पर्यटकहरु आवतजावत हुने उनको विश्वास थियो । उनले भने,‘यसो गर्न सकियो भने स्वदेशीतथा विदेशी पर्यटकहरु आउनुहुन्छ, पर्यटन व्यवसाय बढ्छ । शुल्कको उपयोग त्यहाँको विकासको लागिका मगर्न सकिन्छ ।

खोलाहरु नालामा रुपान्तरित भएको छ, त्यसलाई स्वच्छ वातावरण बनाउने कुरामा म प्रतिबद्ध छु। त्यस्तै सुविधा सम्पन्नपार्किग, सार्वजनिक शौचालय, प्रौढ आश्रम, सामुदायिक उपभोक्ता, ५ नम्बर क्षेत्रमा धेरै जागरुक महिलाहरु हुनुहुन्छ ।उनीहरुको लागि केहीगर्ने कार्यक्रमको लागिपुँजी जुटाउन म क्रियाशिल छु ।’

नेपालमै रोजगारीको व्यवस्था भएलाखौं नेपालीयुवाहरु स्वदेश फर्किने भन्दै रोजगारी दिनेगरि कार्यक्रम ल्याउने आफ्नो अर्को योजना रहेको महतले सुनाए । उनले भने,‘विदेशीहरु यहाँ आउन चाहन्छन् । तर यहाँ अराजकता छ, ठूलो–ठूलो कुरा हो, जग नै नहाली धुरी लगाईदिन्छु भनेर कम्युनिष्ट पार्टीका नेताहरुले कुरा गरेकोले लगानी भएको छैन ।’

महतले आफूले उक्त क्षेत्रमा धेरै लगानी ल्याउने समेत विश्वास दिलाए । महतले थपे,‘आईटी हब बनाउँछु,उद्योग, धार्मिकको विकास गर्छु, युवाहरु अत्यन्तै ट्यालेन्ट छन् । लगानी आएपछि उद्योग व्यवसाय बढ्छ, सरकारले कति रोजगारी देला त ? स्वरोजगारी बढेसँगै करको दायरा बढ्छ, मेरो योग्यता छ, क्षमता छ, म उर्जामन्त्री हुँदाहोस् वा परराष्टमन्त्री, वायोजना आयोगमा रहँदा मैले देश र जनताको पक्षमाकाम गरेको छु मसँग अनुभव र क्षमता छ । मलगानी ल्याउन सक्छु ।’

उनले आफू विजयी भएर गएउक्त क्षेत्रका जनताहरुको सशक्त प्रतिनिधित्व गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने,‘किनकी म ठोस आस्थाभएको पार्टीको प्रतिनिधिहुँ । लोकतन्त्र खतरा रहित अवस्थामा छैन, कम्युनिष्टहरुले यो गर्छु भनिरहेका छन्। कांग्रेसले मात्रै लोकतन्त्रमाथिको खतरा रोक्न सक्छ ।’

देशै भरिका तमाममतदाताहरुले कांग्रेसको पक्षमामतदानगर्ने माहोल दिनप्रतिदिन बनि रहेको उल्लेख गर्दै निर्वाचनपछि कांग्रेसको सरकार बन्ने पनि उनको दाबी थियो । ‘अबमुलुक समृद्धिको यात्रामा अघि बढ्यो, राप्रपा र राप्रपाप्रजातान्त्रिकले पनिहामीलाई समर्थन गर्ने बताए । उनीहरुको मतदाताहरुलाई हामीलाई मतदानगर्न आग्रह गर्छु । हामीलाई जिताउन रुख चिन्हमा मतदानगर्न विशेष अनुरोध गर्छु ।’

अहिले पार्टीले जिम्मेवारी दिएकोले आफू पाँचनम्बर क्षेत्रको उम्मेवार बनेको उल्लेख गर्दै महतले भने,‘पार्टीले अहिले आएर मलाई यहीबाट चुनाव लड्न भन्यो, त्यसैले म यहाँआएको छु, राष्ट्रिय राजनीति पनि गर्छु, म अल्छिपन गर्ने मान्छे होईन, म यहाँका जनताका सुखदुखमा घुलमिल भएर काम गर्छु, रात दिन नभनी काम गर्छु। मप्रतिको विश्वास छ, उहाँहरुलाई गल्तीगरिएछ भन्ने मौकादिन्न । पार्टीको हिसाबलेपनिहाम्रो पार्टीमाउभिँदाउहाँहरुलाई ठिक हुन्छ ।’

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन सिर्जना हुनु भन्दा अघि नै कम्युनिष्टहरु एकीकरण गर्ने र १५ वर्षमा साम्यावाद ल्याउने भनेकोले मुलुकमा अधिनायकवादको खतरा छ भनेर आफूहरुले भनेको उनको भनाई थियो । तर आफूहरु कम्युनिष्टहरुको एकताबाट रत्तिपनि नडराएको प्रष्ट पारे । उनले थपे,‘उहाँहरुले भन्नुभएको छ, ५० वर्ष सम्मशासन गर्छु भनेर ओलीले भन्नुभएको हो, हामीले भनेको होईन। उहाँहरुलेमौकापाउनुभयो भने उहाँहरुले भनेजस्तो त उनीहरुले गर्ने भए ।’

सुरुमादुई तिहाई बहुमतल्याउने र एकदलीय अधिनायकवादी शासन गर्छु भनेपछि जनताले त्यो कुरा स्विकार नगरेकोले अहिले आएर वाम गठबन्धनले आफूहरु लोकतान्त्रिकमुल्य र मान्यताका आधारमा नै अघि बढ्ने भनेर भनिरहेको गुनासापोखे । उनले थपे,‘उहाँहरुको बाटो जनताले हामीलाई ठिक लागेन भन्नुभयो, त्यसैले उहाँहरुले व्यवहारमा लोकतान्त्रिक बाटोमा हिँड्छौं भन्नुभएको छ, जनताले निर्णायक रुपमा हराउँछन भनेर उहाँहरु प्रतिरक्षात्मक रुपमा चिच्याई रहनुभएको छ।’

कांग्रेसले बहुमत ल्याउने कुरामा अब कुनै शंका नभएको समेत उनको भनाई थियो । उनले भने,‘हामीले त कामपनि गरेका छौं, तर हाम्रो कमजोरी हामीमा र्केटिङगर्न जान्दैनौं, यो हाम्रो कमजोरी हो, लेनिनको पालादेखि उहाँहरु त सेतोलाई कालो बनाउने र कालोलाई सेता बनाउन खप्पिस हुनुहुन्छ, हामी त पहाड बराबरको काम गर्दा पनि तिलजतिको पनिप्रचार गर्दैनौं। उनले आफूहरु अहिल्यै नै दुई तिहाई वातिनतिहाई भनेर डिंग नहान्ने भन्दै निर्वाचन जितेपछि पार्टीले सरकार बनाउने दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...