चाउचाउ बिक्रीबाट मासिक २ लाख आम्दानी

Chauchau

पाल्पा । रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आएको छ ।

एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गरेका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक २ लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

यति बेला उनी समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा चिनिन्छन् । रामपुरमा चाउचाउको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनको भनाइ छ ।

यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उनले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ ।

‘दैनिक ५ क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,’ उनले भने । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाएका छन् ।

शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पु¥याउन उनलाई हम्मेहम्मे परेको छ ।

उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...