सि जिनपिङले पार्टी नेतृत्व गर्ने ५ को नाम सार्वजनिक गरे

136704768 15089147733841n xqqtxpm7vk

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्।

बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी ५ वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुको नाम घोषणा गरेका हुन्।

प्रधानमन्त्री ली खछयाङले नेतृत्वपंक्तिमा निरन्तरता पाएका छन् भने नयाँ ५ सदस्य थपिएका छन्।

ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रुपमा रहेको स्थायी कमिटीमा समेटिएका छन्।

राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि अनुमोदित भएको भोलिपल्ट पार्टी नेतृत्वपंक्तिको नाम सार्वजनिक भएको छ।

नेतृत्वपंक्तिमा सामेल गरिएका सबै नेताहरु ६० वर्षभन्दा माथिका छन्। तर राष्ट्रपति सिले आफ्नो उत्तराधिकारीको रुपमा नेतृत्वपंक्तिमा कसैलाई राखेका छैनन् ।

सन् २०१२ मा राष्ट्रपति बनेका सि पार्टीको महाधिवेशनबाट अनुमोदित भएसँगै अर्को कार्यकालमा प्रवेश गरेका छन्।

मंगलवार सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सिलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको थियो।

पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारधारालाई नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधाराु भन्ने नारा समाविष्ट गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...