राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै

220px antónio guterres 2013

बान्गुई । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेस मङ्गलबार मध्यअफ्रिकी गणतन्त्र जानेभएका छन् ।

केही महिनादेखि मुस्लिम र क्रिश्चियन लडाकूहरुबीच हिंसा सुरु भएको यस देशमा हिंसाकै बीच उनले सो भ्रमण गर्न लागेको र यस भ्रमणले हाल उक्त देशमा शान्ति स्थापनाका लागि कार्यरत शान्ति सैन्यका लागि हौसला प्राप्त हुने अपेक्षा गरिएको छ ।

अति कठिन अवस्थाकाबीच शान्तिका लागि प्रयास गरिरहेकाहरुप्रति ऐक्यबद्धता जनाउन उनी सो देशमा जान लागेको गुथ्रेसले एएफपीसँगको एक अन्तर्वार्तामा भनेका छन् । विश्वकै एक गरिव देशको रुपमा रहेको यो मध्यअफ्रिकामा उनको यो पहिलो भ्रमण हो ।

प्रतिकृया दिनुहोस