अफगानिस्तानः सुरक्षा कारबाहीमा १०२ जनाको मृत्यु

काबुल । सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १०२ जनाको मृत्यु भएको छ भने अरु ४४ जना घाइते भएका छन् ।
केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौविस घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
“अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजले १६ विद्रोही विरद्ध चलाएको सुरक्षा अभियानमा २० वटा विषेश सुरक्षा कारबाही चलाएको थियो,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले अफगानिस्तानका ३४ मध्ये १५ ओटा प्रान्तमा सुरक्षा कारबाही चलाइरहेको जनाएको छ ।
सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूहरुका दुई ओटा सवारीसाधन, पाँच मोटरसाईकल र केही हतियार तथा विस्फोटक पदार्थहरु समेत नष्ट गरिदिएका छन् ।
अफगानिस्तानका विभिन्न ठाँउका जनता तालिबान र इस्लामिक स्टेट (आईएस) लडाकूहरुको आक्रमबाट पिडित भएका छन् । त्यसको विरुद्धमा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाईरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...