शान्ति सम्झौताका लागि जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

Israel civil war

जेरुसेलम . प्यालेस्टाईन र इजरायलका दशौं हजार महिलाले दुई देशका बीचमा शान्ति सम्झौताको माग गर्दै आइतबार जेरुसेलममा सडक प्रदर्शन गरेका छन् ।

जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै तीस हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् ।

‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो । उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

दक्षिणी सहर स्डेरोटबाट सुरु भएको सो विशाल ¥यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङ सम्म ढाकेको थियो । अल एक्सा मस्कोमा गत जुलाईमा एउटा आक्रमणमा परी छोरा गुमाएका अरबका पुर्व सांसद सकिब सानानले शान्ति सम्झौताको नजिक पुगिएको बताएका छन् । 

वेमेन वेज पिस गत तीन बर्ष अगाडी स्थापना भएको हो । यस्ले इजरायल र प्यालेस्टाइनबीचको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुई देशकाबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ ।

यसमा झण्डै २४ हजार जना सदस्य रहेका छन् । उनीहरूले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...