सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

Narendra mod

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताए ।

भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने ‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ ।’

प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताए । उनले भने ‘विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।’

‘सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं’ प्रधानमन्त्री मोदीको भनाई थियो ।

प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस