विद्रोहीको अक्रमणमा ४ सैनिकको मृत्यु

Bainkk

बैंकक । दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विस्फोट गराई ४ सैनिकको हत्या गरिएको छ ।

सैनिक सवार रहेको एक सवारीसाधनलाई लक्ष्य गरी सडक किनारको बम विस्फोट गराएर ती सैनिकको हत्या गरिएको समाचारमा जनाइएको छ ।

मलेसियामको सीमा क्षेत्रमा रहेको मुसलमानको बलियो प्रभाव रहेको भनिएको यस इलाकामा मलाय आतंककारीहरूले जारी राखेका जातीय द्वन्द्वमा एक दशकभन्दा बढी समयदेखि हिंसा जारी छ ।

बौद्धधर्मावलम्बी बढी रहेका यस थाइल्याण्डमा एक दशकभन्दा बढी समयदेखि जारी मुस्लिम अल्पसंख्यक जातिले हिंसा जारी राखेको हो ।

यस हिंसाका कारण ६ हजार ८ सय भन्दा बढी सर्वसाधारण मारिएका छन् । सुदूरदक्षिण सीमा क्षेत्रमा पर्ने तीन इलाकामा विद्रोही समूहले प्रायः सुरक्षा अधिकारीलाई लक्षित गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...