मेक्सिकोमा भूकम्पबाट २७२ मृत्यु, उद्वार कार्य जारी तर जीवितै उद्धारको सम्भावना कम

१ 42

मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ ।

३ दिन अघि गएको यस भूकमपमा परी मेक्सिकोमा २ सय ७२ व्यक्तिको मृत्यु भइसकेको बताइको छ । यो सङ्ख्या अझै बृद्धि हुने बताइएको छ ।

यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २ सय भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ ।राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् ।

सो भूकम्प ७.१ म्याग्निच्युडको थियो । उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाको जीवितै उद्वारको कार्य कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ ।

राजधानीको मध्य भागको छिमेकमा पर्ने रोमा इलाकामा भत्किएको एक साततले भवनमा २३ व्यक्ति पुरिएको अनुमान गरिएको छ ।

पहाडी इलाकामा भत्किएका भवन भग्नावशेषबाट २८ व्यक्तिलाई बाहिर निकालिएको बताइएको छ ।

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।

 

प्रतिकृया दिनुहोस