सुत्केरी हुन नसकेर बाजुरामा महिलाको मृत्यु

Bajuara 12

बाजुरा । सुत्केरी हुन नसकेर बाजुराको हिमाली गाउँपालिका-६ पाणी गाउँकी १६ वर्षीया सिद्धा बिकको बिहीबार बिहान मृत्यु भएको छ ।

बुधबार साँझ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको भए पनि ढिलो भएकाले चिकित्सकले बचाउन सकेनन् । तल्लो पेट दुख्न सुरु हुन थालेको ४ दिनसम्म अभिभावकले घरमै राखेका र पाँचौ दिनमा मात्र करिब ७ घण्टाको पैदल बोकेर कोल्टीस्थित स्वास्थ्य संस्थामा ल्याइएको थियो ।

‘ढिलो गरी ल्याइएको र संस्थामा शल्यक्रिया गर्ने सुविधा नभएकाले उनलाई बचाउन सकिएन्’, डा. विजयकुमार साहले भने, ‘स्वास्थ्यमा ल्याउँदा शिशुको गर्भमै मृत्युको मृत्यु भइसकेको र पाठेघरभित्र गन्हाउने अवस्था थियो ।

आकस्मिक शल्यक्रिया हुन सके बाँच्न सक्ने सम्भावना थियो । कोल्टीमा शल्यक्रिया सुविधा छैन । स्वास्थ्य केन्द्रकी अनमी देउमा धामीले कोल्टीमा उपचार हुन नसक्ने बताउँदै बुधबार नै रिफर गरेको भए पनि यातायातको असुविधाका कारण आफन्तले जिल्ला बाहिर वा सदरमुकामसम्म ल्याउन नसकेको बताइन् ।

सदरमुकाम मार्तडीमा शल्यक्रियासहितको सेवा उपलब्ध भए पनि कोल्टीबाट पैदल बोकेर मार्तडी पुग्न एक दिन लाग्ने भएकाले उनीहरुले नेपालगञ्ज लैजानका लागि जहाजको बाटो कुरेका थिए ।

‘प्रसूती भइहाल्छन् भन्ने सोचेर घरमै कुर्‍यौ, कोल्टी पुर्‍याउँदा डाक्टरले ढिलो भयो भनेपछि जहाजको बाटो हेर्दाहेर्दै मृत्यु भयो’ सिद्धाका भाई प्रसाम बिकले भने, ‘समयमा जहाज आएन, अन्य वैकल्पिक उपाय पनि भएन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...