रोहिङ्गालाई सहायता पु¥याउन गएको ट्रक दुर्घटना ९ मृत्यु

Accident 5

बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसको ट्रक नै दुर्घटनामा परेको छ ।

सो ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो । त्यसमा परी उक्त ट्रकमा रहेका कम्तीमा पनि ९ जना सहायताकर्मीको ज्यान गएको छ ।

उक्त क्षेत्रभन्दा केही परमात्र कम्तीमा पनि ४ लाख २० हजारजना रोहिङ्गा बसिरहेका छन् । प्रहरीका अनुसार रेडक्रसको उक्त ट्रकमा रहेका नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

त्यस ट्रकमा रहेका प्राय सबैजना मजदुरहरु थिए । उनीहरु ती शरणार्थीलाई खाद्यान्न लगायतका सामाग्री बितरणका लागि त्यहाँ जान लागेको थिए ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीको किनार र केही पर उनीहरु बस्दै आएका छन् । उनीहरुलाई खाद्यान्न तथा आधारभूत वस्तुहरुको पनि खाँचो रहेको बताइएको छ ।

उक्त क्षेत्रमा रेडक्रस र अन्य विदेशी सहायता संस्थाहरुले उनीहरुलाई खाद्यान्न, पानी, औषधि एवम् लत्ताकपडा पु¥याइरहेका छन् ।

म्यानमारमा त्यहाँको सेनाले उनीहरुमाथि कारबाही गरेपछि रोहिङ्गा मुस्लिम समुदायका नागरिक देश छोडेर बङ्गलादेश पुगेका हुन् ।

प्रतिकृया दिनुहोस