दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ

एक हप्तामा ४६ हजार ४ सय ६५ यात्रुले गरे अग्रिम टिकट बुकिङ

Dasai buking

काठमाडौ । यस वर्ष दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे  छ ।

टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् । दशैँका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ गते ११ हजार ८१७, २८ गते ७ हजार ३३६, २९ गते छ हजार ७ सय ७४, ३० गते सात हजार ५ सय ९६, ३१ गते चार हजार ८ सय ९८, असोज १ गते चार हजार ६ सय ३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ । बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ । विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट नकाटेको बताए ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

विभागका प्रवक्ता डा‍श् टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमार्फत काठमाडाै‌बाट बाहिरिने बताएका छन । उनले टिकट वितरणमा कुनै समस्या नरहेको बताएका छन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...