भुटानका राजपरिवारका सदस्यले मन पराए नेपाली मुर्तिकला

Vutan mela (2)

भुटान,थिम्पु । भुटानमा भएको सातौं अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएका नेपालका मूर्तिकला भुटानीहरुको मन तोनेको छ ।

मेलामा भुटान लगायत अन्य देशका उत्पादित सामग्रीहरु मध्ये कलात्मक धातुका मूर्तिहरु, पुजा सामग्रीहरु प्रदर्शनमा राखिएका थिए । तीमध्ये नेपालमाm उत्पादन भएका मुर्तिहरुले सो मेलामा सहभागीहरुको मन तानेको थियो । स्टलमा अवलोकन गर्न आउने सबैले रुचीपूर्वक मूर्तिहरुको अवलोकन र बनाउने प्रविधिबारे जिज्ञासा राखेका थिए ।

मेलामा धातुकलाका मूर्तिहरुमा ६ देखि ४८ इन्चसम्मका शाक्यमुनी बुद्ध, पद्मसंवर, सहस्रभुज लोकेश्वर (हजार हात भएको लोकेश्वर), मन्जुश्री, २१ ताराका कलात्मक मूर्तिहरु राखिएका थिए । त्यस्तैगरी पौभा चित्रकला, दैनिक पूजामा आवश्यक घण्टी, घुम्वा, रत्नमण्डलका सामग्री पनि मेलामा राखिएका छन् । त्यससंगै नेपाली गार्मेन्ट तथा ज्याकेटहरु स्टलमा राखिएका थिए ।

सो मेलामा नेपाली ३ हजार पर्ने ६ इन्चका पद्मसंवरका मूर्तिदेखि मैत्री हस्तकला उद्योगको ४८ इन्चका २५ लाख पर्ने सिंह कुवेरका मूर्तिहरु छन् । पूजा सामग्री केन्द्रित स्टलमा पनि नेपाली २ सय ५० रुपैयाँ पर्ने कलात्मक घण्टी कभर देखि २५ हजार रुपैयाँसम्म पर्ने चाँदीका तीं सेट (पूजाकोठामा पानी राख्ने भाँडाहरु) राखिएका छन् ।

पुजाघण्टी, बज्र र चाँदीको देवा (दियो) किनेर फर्केका स्थानीय २८ वर्षीय तासी छिरिङका अनुसार धेरै स्टलहरुमा घुमेर आफूलाई चित्त बुझ्दो सामाग्री छनौट गरी किन्न आएका थिए । भूटान, नेपाल, भारत र थाइल्याण्ड गरी चार देशका २ सय ३४ विभिन्न स्टलहरु रहेको उक्त अन्तर्राष्ट्रिय मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टल रहेका छन् । स्टल राख्न करिब ३ सय नेपाली व्यवसायीहरु भुटान आएका थिए । राजधानी थिम्पुस्थित चाङलिङमिथाङ मैदानमा विहीबार सुरु सो मेला सोमवार सम्पन्न भएको छ ।

स्टल हेर्न राजपरिवारको सवारी
त्यसैगरी आफ्ना छोराछोरीहरुको विवाहमा आमाबुबाका तर्फबाट कोसेली वा दाइजोका रुपमा तीं, देवा, रत्नमण्डल, भुगाँ (कलश) जस्ता धार्मिक पुजा सामग्रीहरु दिने चलन रहेको पाइएको छ । भुटानका राजपरिवारका सदस्यहरुसमेत नेपाली हस्तकला स्टल अवलोकन कै लागि आएका थिए ।

सन् २०१० देखि भुटान व्यापार मेलामा सहभागी रहँदै आएका सिल्भर पालेसका पुष्परत्न शाक्य भुटानमा नेपाली उत्पादित सामग्रीको माग बढी आएको बताउँछन् । उनी भन्छन्, ‘यहाँको बुद्ध धर्मप्रतिको आस्था अतुलनीय छ, प्रत्येक घरपरिवारमा आगम देवताका रुपमा गुरु पद्मसंवर, २१ तारा र बुद्ध मूर्ति राख्ने प्रचलन रहेको छ । त्यसले नेपाली मूर्तिकलाहरु किन्नेको कमी छैनन् ।’

‘यस पटक भुटान महायानी बौद्ध धर्मका लामा गुरुको विशेष पुजा आयोजना गरिएकोले हुनुपर्छ, तुलनात्मक रुपमा विगतभन्दा व्यापार घटेको छ’ संघका कार्यकारिणी सदस्य सनम शाक्यले भने । नेपालको हस्तकला सामग्री निर्यातका लागि भुटानमा राम्रो सम्भावना रहेको मानिन्छ । भगिनी सम्बन्ध स्थापना भएदेखि नेपालबाट हस्तकलालगायत विविध सामग्री आयात गर्दै आइरहेको छ । हालसम्म पनि अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहे पनि धातुकलाको वस्तुमा भने नेपाली एकछत्र रहेको पाइन्छ ।

‘भुटानको हावापानी, डाँडापाखा र संस्कृति नेपालसँग मिल्दो भएको र भाषिक समानताले गर्दा पनि भुटानीहरु नेपाली वस्तु भनेपछि हुरुक्क हुने गरेको छ’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले भने । उनले दुई देशबीच वाणिज्य सन्धिका लागि नेपाल सरकारको ध्यान अझ जानुपर्ने पनि बताए ।

उलेख्य व्यापार
सन् २००९ मा भुटान उद्योग तथा वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघबीच व्यापार प्रवद्र्धन सम्झौता भएपछि नेपालले मेलामा सहभागिता जनाउन थालेको हो । गत वर्ष नेपालले भुटानबाट ४६ करोड ४९ हजार बराबरको सामान आयात र १५ करोड २६ हजार १५ रुपैयाँको निर्यात गरेको उल्लेख छ ।

आर्थिक ०७३/७४ मा पनि ४० करोड भन्दा बढी व्यापार घाटा व्यर्होनुपरेको थियो । ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपालका तर्फबाट छिमेकी मुलुक भूटानमा विशेष ध्यान दिए यहाँको मासुको बजारदेखि निर्माण व्यवसायलगायत क्षेत्रमा निकासी बढाउन सकिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...