स्तूप विकासका लागि छुट्टै कोषको माग :चरणबद्ध आन्दोलन

Bhagwan budha

नवलपरासी । भगवान् गौतम बुद्धको अस्तु धातु रहेको नवलपरासीस्थित रामग्राम स्तूप उजैनीको विकासका लागि विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ ।

रामग्राम स्तूप क्षेत्रको विकासका लागि छुट्टै विकास कोषको माग गर्दै स्तूप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

लुम्बिनी विकास कोषको अधिनमा रहेकाले स्तूप उजैनीको सर्वाङ्गीण विकासमा कोषले चासो नदिएका कारण छुट्टै विकास कोषको स्थापना गर्न आवश्यक रहेको संस्थाका अध्यक्ष शम्भूप्रसाद उपाध्यायले बताए ।

बौद्ध धर्मको ईतिहास अनुसार स्तूप २५ सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तूप हो । शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भएको बचेको अस्थि अवशेष ल्याएर अस्तु कलशमा राखेर यो स्तूपलाई संरक्षण गरिएको धार्मिक शास्त्रमा उल्लेख रहेको जानकारहरु बताए ।

रामग्राम स्तूप संसारको एक मात्र सिगोँ भाग अस्तु रहेको संरक्षित स्तूप रहेको दावी गरिन्छ । सरकारले स्तूपको विकासका लागि पनि कराडौंको रकम बिनियोजन गरि कोषलाई जिम्मा लगाउदै आएको छ ।स्तूपको बिकास गर्न जिम्मा पाएको लुम्बिनी विकास कोषले स्तूपको बिकास गर्न नखोज्दा स्तूपको विकास हुन नसकेको हो ।

गत आर्थिक वर्षमा राजनीतिक खिचातानीका कारणपनि स्तूपको विकासका लागि आएको ७८ लाख रकम फ्रिज भएको रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्ययले बताए ।

प्रतिकृया दिनुहोस