महिलाको लागि अंश र वंशको अधिकार स्थापित : मन्त्री कोइराला
तनहुँ । महिला तथा बालबालिकामन्त्री आशा कोइरालाले महिलाको लागि अंश र वंशको अधिकार स्थापित भइसकेकाले कार्यान्वयनतर्फ प्रक्रिया अघि बढाइएको बताएकी छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका–६ स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा आज यहाँ आयोजित एकताको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री कोइरालाले स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित भइसकेको बताइन ।
'अब महिला सशक्तरुपमा अघि बढ्न आवश्यक छ । महिला अझै पनि सुरक्षित छैनन्, हिंसात्मक गतिविधिमा कमी आउन सकेको छैन, देशभरका स्थानीय तहमा तत्काल उद्धार समिति गठन गर्न लागेका छौँ,' उनले भनिन् ।
महिलाको लागि आत्मनिर्भर बनाउन स्वरोजगारमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष सुनिता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता मोहनहरि पौडेल, गीता शाहीलगायतले महिलाको हक अधिकारका बारेमा आ आफ्ना धारण राखेका थिए ।
सम्बन्धित समाचार
टुँडिखेलको भीडमा च्यापिदा घाइतेको संख्या १६ पुग्यो, ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौं । टुँडिखेलमा माघी मनाउने क्रममा च्यापिएर घाइते हुनेको संख्या १६ पुगेको छ । काठमाडौं महान...
विधिवत रुपमा सुरु भयो छठ पर्व, जलाशय क्षेत्र बनाइयो झकिझकाउ
काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । खासगरी नेपालको तराई मधेश...
जनकपुरधाममा सुरु भयो छठको तयारी, सजाउन थालियो जलासय
महेन्द्रनगर (धनुषा) । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछ...
आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा, दिनभरी नै टीका लगाउन मिल्ने
काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै...
आज नेपाल संवतको नयाँ वर्ष, म्हः पूजा पनि आजै
काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार ...
शुरु भयो यमपञ्चक, आज कागको पुजा गरी काग तिहार मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर...
‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...
प्रतिकृया दिनुहोस