असोज १ लाई सार्वजनिक विदा नदिएकोमा आपत्ति

Bk samaj

काठमाडौं । असोज १ गतेलाई राष्ट्रिय पर्व माने पनि सरकारले सार्वजनिक विदा नदिएकोमा दलित अगुवाहरुले सरकारको आलोचना गरेका छन् ।

उनीहरुले सबै जातजातिले मनाउँदै आएका पर्वहरुलाई सरकारले सार्वजनिक विदा दिँदै आएको भए पनि श्रमिक वर्गले मान्दै आएको चाडलाई सार्वजनिक विदा नदिएकोमा सरकारको कडा शब्दमा आलोचना गरेका हुन् ।

उनीहरुले अन्य पर्वलाई जस्तै गरी असोज १ गते विश्वकर्मा पुजाका दिन सार्वजनिक विदा दिन माग पनि गरेका छन् ।

एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले आइतबार राजधानीमा गरेको विश्वकर्मा पुजा तथा सम्मान कार्यक्रममा सहभागी बक्ताहरुले असोज १ गतेराई सरकारले राष्ट्रिय पर्व मान्न थालेकोमा खुसी व्यक्त गर्दै १ दिन सार्वजनिक विदा दिन माग गरेका हुन् ।

सो कार्यक्रममा आपूर्ती राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले विगतमा विश्वकर्मा पुजाका दिन राष्ट्रिय विदा दिन नागरिक तहबाट पहल भएपनि पछिल्ला दिनमा त्यसबारे आवाज कम उठेका कारण पनि सरकारले सार्वजनिक विदा नदिएको हुनसक्ने बताए । उनले असोज १ गतेलाई सार्वजनिक विदा दिन सरकारले चाहाना गरे सम्भव हुने बताए ।

पूर्व सांसद तथा बेपत्ता छानविन आयोगका सदस्य विजुल विश्वकर्माले मनुस्मृतिले नै मानवमानवबीच असमानता खडा गरेको बताए । उनले त्यसलाई अन्त्य गर्न र कला र संस्कृतिका मालिक समुदायले मनाउने असोज १ गतेलाई सरकारले सार्वजनिक विदा दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व सांसद पुरनसिंह दयाल, माओवादी केन्द्रका पोटिव्यूरो सदस्य रणेन्द्र बराली लगायतले असोज १ लाई सार्वजनिक विदा नदिए श्रमिक वर्ग आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए ।

दुई जनालाई अभिनन्दन
विश्वकर्मा पुजाका अवसर पारेर दुई जनालाई अभिनन्द गरिएको छ । सो अवसरमा सरकारमा आपूर्ती मन्त्री कर्णबहादुर विक र नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय गोपाल बराइलीलाई अभिनन्दन गरिएको थियो ।

दुवै जनालाई एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले अभिनन्दन गरेका थिए । सो कार्यक्रममा समाजका आजिवन सदस्यलाई पनि सम्मान गरिएको थियो ।

 

तस्विर : मुकुन्द कालिकोटे

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...