इजिप्टको अदालतले पूर्व राष्ट्रपति मोर्सीविरुद्ध आजिवन काराबासको फैसला

Mohamed morsi

काएरो । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ ।

मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यस पहिलेनै काराबासको सजाँय सुनाइएको थियो । अदालतको निर्देशनमाथि मोर्सीले पुनरावेदन गर्ने अधिकार रहेबमोजिम उहाँका वकीलले निर्णयविरुद्ध पुनरावेदन गरेका थिए ।

इजिप्टको पुनरावेदन उच्च अदालतले पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै यो नै अन्तिम तथा पुनरावेदन गर्न नमिल्ने निर्णय भएको बताएको, यहाँको राज्य संचालित मेना न्युज एजेन्सीले जनाएको छ ।

इजिप्टको कानून अनुसार आजिबन कारावासको सजाँय २५ बर्ष हुने गर्छ । अदालतले शनिबारै एकब अर्को निर्णयमार्फत मुश्लिम ब्रदरहुड समूहका तीन महत्वपूर्ण नेतालाई मृत्यदण्डकोसमेत फैसला सुनाएको छ ।

प्रतिकृया दिनुहोस