लण्डनको भूमिगत रेलमा विष्फोट, २२ जना घाइते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आक्रमणको निन्दा

Ondon bum blas

लण्डन । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।

यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विष्फोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतङ्कवादी घटना’ भनेको छ ।

‘पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८ः२० बजे रेलमा सुतली वम विस्पोट गराइएको छ,’ प्रहरीको प्रतिआतङ्कवाद प्रमुख मार्क रोलेले भने ।

ट्वीटर प्रयोगकर्ता ऋग्सले रेलभित्र रहेको एउटा सेतो बाल्टिन विस्पोटका कारण पग्लिएको अवस्थाको तस्वीर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘पारसन्स ग्रीन डिस्ट्रिक्ट लाइनको रेलमा विस्पोट भएको छ ।’ ‘आगोसहितको बल रेलभित्र फालिएपछि हामी ढोकाबाट बाहिर हामफाल्यौं’ उनले भने ।

राष्ट्रिय स्वास्थ्य सेवा विभागले घटनामा १८ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको छ ।

अस्पताल पुगेका प्राय घाइतेको आगोको ज्वालाले डढेका शरीरका अंगको उपचार भइरहेको छ । लण्डनको एम १५ गुप्तचर सेवाका अधिकारीलेले अनुसन्धान अघि बढाएको छ ।

बेलायतकी प्रधानमन्त्री टेरेजा मेले आफू घाइतेको पीडामा दुःख बाँड्न चाहेको भन्दै घटना पश्चात मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

शसस्त्र प्रहरी र तालिमप्राप्त कुकुरहरू रेलभित्र र रेल स्टेसन वरपरका आवासीय क्षेत्रमा घुमिरहेका देखिएको स्थानीयले बताएका छन् । घटनास्थल यो समाचार तयार पार्ने समयसम्म सुरक्षा घेराभित्र राखिएको छ । रेल स्टेशन वन्द भएको छ । स्थानीय बासिन्दा तथा व्यवसायीहरूले यात्रुहरूलाई पानी, चिया र नास्ता साथै अन्य सहयोगका लागि बन्दोबस्ती मिलाएका देखिन्छ ।

स्थानीय चार्ली क्राभेनले आफू विष्फोटका समयमा रेल नजिकै भएको बताउँदै भने रेलभित्र ठूलो आवाजसहित विष्फोटक पदार्थ पड्केको बताए । उनले भने, ‘विष्फोटपछि सबैभन्दा पहिले मैले कुनै सिनेमामा देखिने जस्तै सुन्तला रङ्गको आगोको लप्का रेलको डिब्बा बाहिर निस्केको देखेँ ।’

बेलायतमा मार्चपछि विगत ६ महिना यता भएका यो पाँचौँ आतंकवादी आक्रमण हो ।

लण्डनका नगर प्रमुख सादिक खानले घटनाबाट नआत्तिन आग्रह गरे । उनले नगरवासीलाई ‘शान्त तथा सचेत रहन’ अपिल गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘हामी आतंकवादसँग कहिल्यै नडराउने वा नहार्ने जानकारी गराउन चाहन्छौँ । यो लण्डनले पटक पटक प्रमाणित गरिसकेको छ’ भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण ‘पराजित आतंकवादी’द्वारा गरिएको पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएका छन् ।

‘स्कटल्याण्ड यार्डका भेटिने यि विक्षिप्त प्राणी हुन् । यिनीहरू विरुद्ध थप सक्रिय बन्नुपर्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...